हङकङविरुद्ध मनिषा उपाध्यायको आँकडा- ४ ओभरमा १ रन, २ विकेट
nepalpress.com · Tue Jul 14 05:19:43 GMT 2026
काठमाडौं । एसीसी यू १९ महिला प्रिमियर कप अन्तरगतको खेलमा नेपालकी बलर मनिषा उपाध्यायले ‘अविश्वसनीय’ बलिङ गरेकी छन् । उनले ४ ओभर बल फ्याँक्दा केवल १ रन खर्च गरिन् ।
नेपालले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ३० रनमै अलआउट भएको थियो । ओपनिङ बलरका रूपमा आएकी मनिषाले ४ ओभरमा १ रन खर्चेर २ विकेट लिँदै हङकङलाई सुरुमै घूँडा टेकाएकी हुन् । २४ बलमा २३ बल उनले डट फालिन् । टि २० मा यो अद्भूत आँकडा हो ।
Read full story at source (nepalpress.com)