रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
barnanmedia.com · Tue Jul 14 05:24:07 GMT 2026

विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण र ठूला भौतिक पूर्वाधार विकासबीचको सङ्घर्ष चुलिँदै गएको छ । हिमाली जिल्ला मनाङमा राष्ट्रिय गौरव र रणनीतिक महत्वको रूपमा हेरिएको जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिएसँगै यस क्षेत्रको रैथाने पर्यावरण, वन्यजन्तुको जैविक मार्ग र सुक्ष्म वनस्पतिको अस्तित्व रक्षाको सवाल थप पेचिलो बन्दै गएको छ ।
आयोजनाका विभिन्न स्थायी तथा अस्थायी संरचना निर्माणका लागि एक्यापअन्तर्गतको कुल ३३.४७ हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका एक हजार ८३९ वटा रुख हटाउन सरकारले अन्तिम स्वीकृति दिएपछि वन फँडानी र वातावरणीय क्षतिको वैज्ञानिक लेखाजोखा सुरु भएको छ । आयोजनाको प्राविधिक नक्साङ्कनअनुसार २४ मिटर अग्लो कङ्क्रिट ग्रेभिटी बाँध र ६.०७५ किलोमिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माणका लागि एक्यापको महत्त्वपूर्ण जैविक वन क्षेत्र अधिग्रहण गरिएको छ । काटिने एक हजार ८३९ रुख र पोलमा हिमाली भेगमा पाइने गोब्रे सल्लो, धुपी, भोजपत्र र लौठसल्लाजस्ता बहुमूल्य र रैथाने प्रजाति रहेका छन् ।
Read full story at source (barnanmedia.com)