यी ६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
rajdhanidaily.com · Tue Jul 14 05:49:43 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना छ।