भोटेकोशी बाढी : हालसम्म १ हजार २०४ शव फेला
nepalviews.com · Wed Sep 02 14:28:53 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार २०४ जनाको शव फेला परेको छ भने ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोबाट मानवीय क्षति अत्यन्त ठूलो भएको जनाएको हो । सम्पर्कविहीनमध्ये नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् । यस्तै, रसुवाबाट करिब ६६५ र नुवाकोटबाट करिब १ हजार ५८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । विदेशी नागरिक तथा विदेशी पर्यटकसँगै जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।
Read full story at source (nepalviews.com)