नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
ratopati.com · Tue Jul 14 06:32:53 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले मधेसी मूलकी नायिका काजल कर्णमाथि चलचित्र छायांकनका क्रममा भएको जातीय विभेद र अपमानजनक व्यवहारको विषय संसद्मा उठाएकी छन्। प्रतिनिधि सभा मंगलबारको बैठकमा सांसद कर्णले उक्त घटनाको घोर निन्दा गर्दै दोषीमाथि छानबिन र कारबाहीको माग गरिन् ।
सांसद कर्णका अनुसार ३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियो तथा चलचित्रहरूमा अभिनय गरिसकेकी स्थापित नायिका काजल कर्णमाथि नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ को छायांकनका क्रममा रंग र क्षेत्रका आधारमा दुर्व्यवहार भएको हो। सुटिङका क्रममा उनलाई ‘तिमी मधेसी हौ, तिमीलाई यो रोल सुहाउँदैन’ भन्दै अपमान गरिएको कर्णले बताइन् ।
Read full story at source (ratopati.com)