मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
ratopati.com · Tue Jul 14 07:15:00 GMT 2026

सुर्खेत । कर्णालीका अघिल्ला सरकार झैँ मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले पनि बजेट खर्चमा सुधार ल्याउन सकेको छैन । कँडेल ०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसयता उनी नेतृत्वको सरकारले दुई वटा आर्थिक वर्षको बजेट कार्यान्वयन गर्यो । यद्यपि दुई वटै आर्थिक वर्षमा बजेट कार्यान्वयनको अवस्था विगतको भन्दा झन् कमजोर छ ।
कँडेल मुख्यमन्त्री बनेपछि सुरुमा माओवादीबाट अर्थमन्त्री बनेका महेन्द्र केसीले आर्थिक वर्ष ०८१/०८२ को बजेट ल्याए । ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएका केसी बजेट कार्यान्वयन गर्न नपाउँदै ०८१ साउनमा सरकारबाट बाहिरिए । केन्द्रमा नेकपा एमाले–कांग्रेसबिच सत्ता समीकरण बनेसँगै कांग्रेसका राजीवविक्रम शाह अर्थमन्त्री बने । यद्यपि शाहले बजेट कार्यान्वयनमा सुधार ल्याउन सकेनन् ।
Read full story at source (ratopati.com)