डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
arthasansar.com

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको विनियमदर बढेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा रहेको थियो । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैइाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा रहेको थियो ।
Read full story at source (arthasansar.com)