रविलाई युवराजको प्रश्न- खुट्टामा आएको सरकारको बल फाउल खेलमा पास गर्ने कि आफैँ गोलपोस्टमा लाने ?
nepalpress.com · Tue Jul 14 07:37:55 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा प्रधानमन्त्री बालेन शाह उपस्थित भएर आफूहरूले उठाएको जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् सर्वोच्च जनप्रतिनिधि थलो भएकाले उपस्थित हुनुपर्ने बताए ।
उनले भने, ‘१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो। अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई आश्वस्त पार्नु पर्छ। यो सदन मन्त्रीले सांसद थर्काउने थलो होइन। संसद् सांसदले सरकारलाई प्रश्न गर्ने र सांसदका प्रश्नको सरकारले जवाफ दिने थलो हो। संसद् सरकारलाई जवाफदेही बनाउने थलो हो।’
Read full story at source (nepalpress.com)