बसभाडाजस्तै घरभाडाको पनि वैज्ञानिक मापदण्ड हुनुपर्छ : रमेश प्रसाईं
lokaantar.com

रास्वपा सांसद रमेश प्रसाईंले घरभाडा निर्धारणमा वैज्ञानिक मापदण्ड लागू गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले हाल सानो कोठाको भाडासमेत आठदेखि १० हजार रुपैयाँसम्म निर्धारण हुने गरेको भन्दै यसको आधार घरबेटीको इच्छाबाहेक अर्को स्पष्ट मापदण्ड नरहेको बताए ।
घरबेटीको मनोमानी बन्द हुनुपर्ने उनको भनाइ छ । सरकारले बहाल कर उठाउने, तर बहालमा बस्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा मजदुरको समस्याप्रति बेवास्ता गरेको उनले आरोप लगाए । ‘सामानमा मूल्यसूची (प्राइस ट्याग) टाँसिएझैँ घरको भित्तामा भाडादर स्पष्ट रूपमा टाँस्नुपर्ने भन्दिनँ, तर सार्वजनिक यातायातको भाडादर तोकिएजस्तै घर तथा कोठा भाडाको पनि वैज्ञानिक र पारदर्शी मापदण्ड तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दछु,’ उनले भने, 'के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो ?
Read full story at source (lokaantar.com)