नेपालको बीमा बजार १० खर्ब नाघ्यो : ५१ प्रतिशत जनसंख्यामा पहुँच, जीडीपीमा ३.६९ प्रतिशत योगदान
aarthiknews.com

काठमाडौं । नेपालको बीमा बजारको आकार १० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा प्रस्तुत गरेको विवरणअनुसार देशको बीमा पहुँच ५१ प्रतिशतभन्दा माथि पुगेको हो।
मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले नेपाल बीमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा भएका प्रमुख कामकारबाही, बीमा क्षेत्रको नियमनमा देखिएका नीतिगत तथा कार्यगत समस्या, बीमित हित संरक्षण, जोखिम न्यूनीकरणका प्रयास तथा सरकारी स्वामित्वका बीमा संस्थाको कार्यसम्पादन अवस्थाबारे जानकारी लिएको छ।
Read full story at source (aarthiknews.com)