कोशी ब्यारेजमा जलसतह खतराको तह पार
gorkhapatraonline.com · Wed Sep 02 14:37:45 GMT 2026

सप्तकोशी नदीमा पानीको बहाव बढी भएसँगै कोशी ब्यारेजमा जलसतह खतराको तह पार गरेको छ । बुधबार साँझ ६ः२० बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर २ लाख २९ हजार ६ सय ५० क्युसेक पानी बहिरहेको जनाएको छ ।
सप्तकोशीमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन् । जलसतह खतराको बिन्दु भन्दा माथि पुगेपछि स्थानीय प्रशासन तथा प्राविधिक टोलीले उच्च सतर्कता अपनाएका छन् ।
Read full story at source (gorkhapatraonline.com)