इरान र अमेरिकाबीच दोहामा अप्रत्यक्ष वार्ता
kendrabindu.com · Thu Jul 02 01:12:40 GMT 2026

दोहा । अमेरिका र इरानबीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन तथा दीर्घकालीन युद्धविराम सुनिश्चित गर्ने विषयमा बुधबार कतारको दोहामा अप्रत्यक्ष वार्ता भएको छ। वार्ताबारे प्रत्यक्ष जानकारी भएका एक स्रोत र एक इरानी अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्ससँग यसको पुष्टि गरेका हुन्।
गत महिना सम्पन्न १४ बुँदे अन्तरिम सम्झौताअनुसार वार्ता अघि बढाइएको हो। उक्त सम्झौतामा इरान–अमेरिकाबीचको युद्ध रोक्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा ६० दिनभित्र थप वार्ता गरेर स्थायी शान्ति सम्झौता गर्ने उल्लेख थियो।
Read full story at source (kendrabindu.com)