डिजिटल अर्थतन्त्रको मेरूदण्ड बनेका राइड शेयरिङ चालकहरूको नीतिगत संरक्षण गिरयोस् - सांसद विदुषी राणा
techpana.com · Tue Jul 14 08:50:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले राइड शेयरिङ तथा डेलिभरी सेवामा संलग्न चालकहरू नेपालको डिजिटल अर्थतन्त्रको मेरूदण्ड बन्दै गए पनि उनीहरू अझै नीतिगत संरक्षणबाट वञ्चित रहेको बताएकी छन् ।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले मोटरसाइकल र साइकल राइड शेयरिङ तथा डेलिभरी चालकका लागि केवल सवारीसाधन मात्र नभई जीविकोपार्जनको आधार भएको उल्लेख गरिन् । यही आम्दानीबाट उनीहरूले परिवार पाल्ने, छोराछोरीको शिक्षा खर्च धान्ने र नागरिकलाई समयमै सेवा उपलब्ध गराउने काम गरिरहेको उनको भनाइ थियो ।
Read full story at source (techpana.com)