उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता
nepaltvonline.com · Tue Jul 14 08:55:34 GMT 2026

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ।
भेटका क्रममा राजदूत अर्न्स्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभयो। उहाँले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अष्ट्रेलियन सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो। सो अवसरमा दुई देशबीच भइरहेको आयात-निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा संवाद भएको थियो।
Read full story at source (nepaltvonline.com)