सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ : प्रमुख सचेतक दुलाल
baahrakhari.com · Tue Jul 14 09:25:02 GMT 2026

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मुख्य सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारलाई संसद्प्रति जवाफदेही बन्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सरकार गठनको सय दिन पूरा भई ‘मधुमास’ अवधि सकिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले तत्काल संसद्मा उपस्थित भई जनतालाई आश्वस्त पार्नुपर्ने माग गरे ।
सांसद दुलालले बहुदलीय लोकतन्त्रमा सरकारले आलोचना र प्रश्न सुन्नुपर्ने तथा त्यसको उचित जवाफ दिनुपर्ने संवैधानिक दायित्व रहेको स्मरण गराए । सरकारकै तथ्यांकअनुसार गत वर्षको तुलनामा महंगी दोब्बर बढेको उल्लेख गर्दै दुलालले यसको प्रत्यक्ष मार गरिब, मजदुर र साना व्यवसायीमा परेको बताए ।
Read full story at source (baahrakhari.com)