रसुवा बाढी : यसरी आइरहेको छ विदेशबाट सहयोग सामग्री (तस्वीरहरू)
onlinekhabar.com · Wed Sep 02 14:40:00 GMT 2026

१७ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० मा आएको विनाशकारी बाढी तथा पहिरोपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई मानवीय सहायता उपलब्ध गराउन गराइरहेका छन् । भारत, अमेरिका, चीन, जापान, बेलायत, अष्ट्रेलिया युएइ, कतार लगायतका मुलुकहरुले मानवीय सहयोग पठारहेका छन् । आफ्ना विमानबाटै उनीहरूले सामग्रीहरू पठाइरहेका छन् ।
संयुक्त राज्य अमेरिकाले आजै नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सहायता उपलब्ध गराएको छ। अमेरिकाका दुईवटा सैन्य मालवाहक विमानले ५,००० वटा विशेष विपद् पीडित उद्धार तथा व्यवस्थापन सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा अगाडि माटो तथा ढुंगा हटाउने लोडरहरू नेपाल ल्याएका थिए ।
Read full story at source (onlinekhabar.com)