बाघ वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’
mahendranagarpost.com · Thu Dec 30 16:28:04 GMT 2021
काठमाडौं- गुरुङ समुदायले पुरानो गाई वर्षलाई बिदाइ गरी नयाँ बाघ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन्। परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले राससलाई जानकारी दिए।
गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ। नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। राजधानीको टुँडिखेलमा बुधबारदेखि नै ल्होसार महोत्सवको आयोजना गरिएको छ। कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने तमु ह्युला होजधी राष्ट्रिय परिषद्ले जनाएको छ।
Read full story at source (mahendranagarpost.com)