पोखरा महानगरको बजेट पारित
nepalpress.com · Thu Jul 02 01:22:43 GMT 2026

कास्की । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट सात अर्ब १५ करोड २५ लाख रुपैयाँ सर्वसम्मतिले पास गरेको हो ।
महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतमा सङ्घीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख रुपैयाँ, सङ्घीय सरकार विशेष अनुदानबाट पाँच करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान एक करोड ८२ लाख रुपैयाँ, समानिकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान तीन अर्ब १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।
Read full story at source (nepalpress.com)