पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
nepalsamaya.com · Tue Jul 14 10:32:14 GMT 2026

चितवन। नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ।
सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो। ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो। सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो।
Read full story at source (nepalsamaya.com)