‘मास्टर्नी’ को प्रमोशनल गीतः दुर्गेशद्वारा प्रियंकालाई उपहार (भिडियो)
kalakarmi.com · Tue Jul 14 10:29:52 GMT 2026

काठमाडौं- भदौ ५ गतेदेखि रिलिज तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दुर्गेशलाई वविना किरातीले स्वरमा साथ दिएकी छिन् ।
दुर्गेशले प्रियंकालाई उपहार स्वरुप यो गीत फिल्मको प्रमोशनका लागी दिएका हुन् । प्रदिप लामाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर रहेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन,सम्पादन र कलर रहेको छ ।
Read full story at source (kalakarmi.com)