प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयो नसोचेको रकम, जम्मा भयो 7 अर्ब 88 करोड
barnanmedia.com · Wed Sep 02 14:47:31 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि देशभित्र र विदेशबाट निरन्तर सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग आउने क्रम जारी रहेको जानकारी दिए। उनका अनुसार प्राप्त रकमलाई आवश्यकता अनुसार प्रभावित क्षेत्रमा परिचालन गरिँदै आएको छ।
Read full story at source (barnanmedia.com)