समस्याग्रस्त ५ सहकारीका बचतकर्तालाई रकम फिर्ता प्रारम्भ , पहिलो चरणमा ४२ जनाले पाए बचत
kalakarmi.com · Tue Jul 14 11:21:14 GMT 2026

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता प्रक्रिया प्रारम्भ गरेको छ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबारदेखि बचत फिर्ता कार्यक्रम प्रारम्भ गरेको हो ।
पहिलो चरणमा १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । कार्यक्रममा ४२ जना बचतकर्तालाई रकम फिर्ता गरिएको बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले जानकारी दिइन् । उनले समस्याग्रस्त सहकारीमा जम्मा भएको रकमको आधारमा बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्दै जाने बताइन् । साना बचतकर्तालाई प्राथमिकता दिएर प्रारम्भ गरिएको अभियान निरन्तर अघि बढ्ने उनको भनाइ छ ।
Read full story at source (kalakarmi.com)