भारततर्फ ‘मगज’ तस्करी
nepalnews.com · Tue Jul 14 11:15:43 GMT 2026

विराटनगर। विगतमा सुपारी, केराउ, मरिच र छोकडा तेस्रो मुलुकबाट नेपाल भित्र्याएर भारततर्फ अवैध रूपमा पठाउने समूहले पछिल्लो समय खरबुजा-तरबुजाको बीउ अर्थात् ‘मगज’ लाई नयाँ वस्तु बनाएको आशंका गरिएको छ।
सरकारले सुपारी, केराउ, मरिच र छोकडाको आयातमा कोटा प्रणाली लागु गरेपछि सुस्ताए भनिएका बिचौलियाहरूले मगजको आयात र कारोबार बढाएको प्रहरी र भन्सार अधिकारीहरूको विश्लेषण छ। तेस्रो मुलुकबाट वैधानिक रूपमा नेपाल भित्रिने र यहाँबाट लुकीछिपी भारततर्फ पुर्याइने वस्तुको सूचीमा पछिल्लो समय मगज देखिएको उनीहरूको दाबी छ।
Read full story at source (nepalnews.com)