भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
nepallive.com · Wed Sep 02 14:55:18 GMT 2026

काठमाडौं– चीनले भोटेकोशी बाढीपछि नेपाललाई २० लाख अमेरिकी डलर नगदसहित आपत्कालीन सहयोग उपलब्ध गराएको छ। चिनियाँ रेडक्रस सोसाइटीबाट २ लाख अमेरिकी डलर, ५५.८ टन राहत सामग्री, विपद् प्रभावित क्षेत्रका तस्बिर, स्याटेलाइट तथा जलविज्ञानसम्बन्धी तथ्यांक, चिनियाँ सुरुङ उद्धार विशेषज्ञका दुई टोली र डीएनए पहिचानसम्बन्धी पाँच विशेषज्ञ सहायता गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।
यस्तै अमेरिकाले भोटेकोशी बाढीपछि नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सामग्री उपलब्ध गराएको जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले बुधबार दिएको जानकारीअनुसार दुई अमेरिकी सैन्य कार्गो विमानमार्फत नेपाल नेतृत्वको खोज, उद्धार तथा पुनःस्थापना अभियानलाई सहयोग पुर्याउन विपद् प्रभावितको उद्धार तथा व्यवस्थापनका लागि आवश्यक ५,००० थान विशेष सामग्री, ५०० थान प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडर नेपाल ल्याइएको हो । उक्त सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट तथा सौर्य बत्ती रहेका छन्।
Read full story at source (nepallive.com)