नेपाल-इजरायल आर्थिक सहकार्य विस्तारमा जोड, लगानी र श्रम साझेदारी बढाउने सहमति
aarthiknews.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच मंगलबार नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको छ।
महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको सक्रिय सहभागिता, व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, नवप्रवर्तन तथा व्यवसायिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा जोड दिएका छन्।
Read full story at source (aarthiknews.com)