विदेशी कम्पनीबाट पारिश्रमिकको सट्टा शेयर लिन र विदेशमा लगानी गर्न कानुनी बाटो खुल्दै
aarthiknews.com

काठमाडौं । सरकारले नेपाली नागरिकलाई विदेशी कम्पनीबाट नगद पारिश्रमिकको सट्टा कम्पनीकै शेयर (इक्विटी) लिन तथा निश्चित सर्तमा विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विदेशी विनिमय व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
मस्यौदाले हाल लागू रहेका विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ लाई खारेज गरी समसामयिक आवश्यकताअनुसार नयाँ कानुनी संरचना ल्याउने प्रस्ताव गरेको छ। मन्त्रालयका अनुसार विदेशी विनिमय सञ्चिति, व्यवस्थापन, नियमन र अनुगमनलाई प्रभावकारी बनाउन नयाँ ऐन आवश्यक भएकाले विधेयक तयार पारिएको हो।
Read full story at source (aarthiknews.com)