बागमती सरकारको नेतृत्व लिन एमालेको भगीरथ प्रयास
nepalpress.com · Tue Jul 14 12:19:35 GMT 2026

हेटौंडा । २०८१ साउन ८ गते नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई प्रदेश संसदीय दलको नेतामा पराजित गर्दै नुवाकोटका हेभिवेट नेता बहादुर सिंह लामा मुख्यमन्त्री बने । तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्दा सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका ६४ सांसदको समर्थन थियो ।
यसअघि २०८१ असार १७ गते मध्यराति काठमाडौंमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिमा प्रदेश सरकारबारे नेतृत्व र आयु पनि तोकिएको थियो । त्यतिखेर कांग्रेस र एमालेबीच २०-२० महिना सत्ता चलाउने सहमतिमा केन्द्रमा एमाले र बागमती प्रदेशमा पहिलोपटक कांग्रेसले नेतृत्व गर्ने भनेपछि साउन ८ गते बहादुर सिंह लामा मुख्यमन्त्री भए ।
Read full story at source (nepalpress.com)