ट्राफिक प्रहरीले जरिबाना काटेबापत २५% कमिसन लिने रास्वपा सांसदको दाबी भाइरल, के भन्छ प्रहरी ?
techpana.com · Tue Jul 14 12:22:07 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले ट्राफिक प्रहरीले जरिबाना काटेबापत २५ प्रतिशत कमिसन पाउने दाबी गरेपछि नेपाल प्रहरीले खण्डन गरेको छ । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएको उक्त सूचना भ्रामक र तथ्यहीन रहेको प्रहरीको भनाइ छ ।
मङ्गलवार प्रहरी प्रधान कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले जरिबानाको कुनै पनि हिस्सा भत्ता वा सुविधाका रूपमा नपाउने स्पष्ट पारेको हो । सोमबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै रास्वपाका सांसद मधुकुमार चौलागाईंले ट्राफिक प्रहरीले २५ प्रतिशत कमिसन पाउने गरेकाले सडकमा लुकेर नियम मिच्नेलाई समात्न र जरिबाना गर्न बढी जोड दिने गरेको दाबी गरेका थिए ।
Read full story at source (techpana.com)