नागरिक आन्दोलनमा सरकारले दमन गरेको भन्दै प्रचण्ड-माधव पक्षद्वारा भर्त्सना
nepallive.com · Mon Jan 25 17:16:00 UTC 2021
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षले सरकारले नागरिक आन्दोलनमा सहभागीहरू माथि सरकारले दमन गरेको भन्दै भर्त्सना गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले सोमबार आयोजना गरेको बालुवाटार मार्चमा सरकारले लाठी चार्ज गर्दै दमन गरेको थियो।
'शान्तिपूर्ण कार्यक्रममा सरकारले निर्मम लाठी चार्ज गरी क्रुर दमन गरेकोमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोर भर्त्सना गर्दछ,' प्रचण्ड-माधव पक्षको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Read full story at source (nepallive.com)