उपराष्ट्रपति यादव कतार प्रस्थान
canadanepal.com · Tue Jul 14 13:09:59 GMT 2026
काठमाडौँ - उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न तीनदिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गरेका छन्। कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न उनी त्यसतर्फ गएका हुन्।
उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले बिदाइ गरेका थिए। सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
Read full story at source (canadanepal.com)