विपद्का बेला हेलि, ड्रोन र र्याफ्टिङ सेवा दिनेबारे निजी क्षेत्र र प्राधिकरणबीच समझदारी
onlinekhabar.com · Tue Jul 14 13:52:28 GMT 2026

३० असार, काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी हेलि, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ, नेपाल ड्रोन संघ एवम् नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) बीच समझदारी भएको छ ।
प्राधिकरणमा आयोजित एक कार्यक्रममा तीन संस्था र प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा संचालक संघसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नु परे निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परे न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।
Read full story at source (onlinekhabar.com)