यातायात मजदुर व्यवसायीले बनाए संयुक्त समिति, चर्को जरिवानाविरुद्ध आवश्यक परे सडक संघर्षको तयारी
nepalpress.com · Tue Jul 14 13:53:21 GMT 2026

काठमाडौं । सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी महासंघ तथा यातायात मजदुर सम्बद्ध संगठनहरुले संयुक्त समन्वय समिति गठन गरेको छ । यातायात सम्बद्ध ऐन, कानुनहरु संशोधन र आवश्यक परे सडक संघर्षसम्म जाने तयारी समितिको रहेको छ ।
मङ्गलवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा सम्पन्न संयुक्त बैठकले महासंघको अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, महासंघका महासचिव डेकनाथ गौतम रहेको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि संयुक्त समन्वय समिति गठन गरेको हो ।
Read full story at source (nepalpress.com)