महेश्वरभक्त श्रेष्ठ वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त
barnanmedia.com · Tue Jul 14 14:34:13 GMT 2026

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
Read full story at source (barnanmedia.com)