सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
ratopati.com · Tue Jul 14 14:42:57 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न साझा राष्ट्रिय दृष्टि र कार्ययोजना निर्माण गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ।
उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको बैठकले सुकुमबासी समस्या कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै राष्ट्रिय सहमतिका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिएको हो।
Read full story at source (ratopati.com)