अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
nepalnews.com · Tue Jul 14 15:39:40 GMT 2026

इलाम। स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्गे आम्दानी गरेका छन्। फाकफोकथुम गाउँपालिका ५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरेका हुन्।
उनको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुन्छ। ‘कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो,’ पिठाकोटेले भने, ‘कृषिमा बगाएको पसिनाले, सपना पनि फल्दो रहेछ।’ उनले वार्षिक २० लाख बचत र फर्ममा १५ जनालाई रोजगारी प्रदान गरेका छन्।
Read full story at source (nepalnews.com)