नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद, कसलाई कति सजाय ?
aarthiknews.com

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यस प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको हो। अदालतले २३ असारमा ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनालाई सफाइ दिएको र ८ जनाको मुद्दा मुल्तबीमा राखेको थियो।
Read full story at source (aarthiknews.com)