क्यान्सर उपचारका विश्वकै प्रभावकारी प्रविधि नेपालमा, काठमाडौं क्यान्सर सेन्टरमा सेवा उपलब्ध
kalakarmi.com · Thu Jun 04 07:39:58 GMT 2026

काठमाडौं- नेपालमा पहिलोपटक अत्याधुनिक ‘कार-टी सेल थेरापी’ सेवा प्रारम्भ हुने भएको छ । क्यान्सर उपचारको क्षेत्रमा विश्वमै ‘क्रान्तिकारी’ मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान्सरका बिरामीका लागि प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको छ । यससँगै उपचारका लागि भारत, चीन तथा अन्य मुलुक जान बाध्य नेपाली बिरामीले अब स्वदेशमै यो सुविधा पाउने भएका छन् ।
भक्तपुरको नाला रोडमा रहेको ‘काठमाडौं क्यान्सर सेन्टर’का एमडी क्लिनिकल ओन्कोलोजिस्ट डा.सिमित सापकोटाका अनुसार कार-टी सेल थेरापी क्यान्सर उपचारको क्षेत्रमा विकसित भएको पछिल्लो पुस्ताको व्यक्तिगत इम्युनोथेरापी हो ।
Read full story at source (kalakarmi.com)