एसियन गेम्स छनोटमा कुशल भुर्तेलको लगातार दोस्रो शतक
nepalviews.com · Thu Jun 04 07:38:32 GMT 2026
काठमाडौं । एसियन गेम्स छनोटमा मलेसियाविरुद्ध नेपालका कुशल भूर्तेलले शतक पूरा गरेका छन् । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार कुशलले ४४ बलमा शतक पूरा गरेका हुन् । उनले यसक्रममा १० चौका र ७ छक्का प्रहार गरेका छन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल र आसिफले विस्फोट सुरुवात गरेका थिए ।
पहिलो विकेटका लागि कुशल र आसिफ शेखबीच १३४ रनको साझेदारी भएको थियो । आसिफले २४ बलमा ६८ रन बनाए । टस जितेर मलेसियाले फिल्डिङ रोजेसँगै नेपाल पहिले ब्याटिङमा उत्रिएको हो ।
Read full story at source (nepalviews.com)