युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
ratopati.com · Tue Jul 14 17:22:51 GMT 2026

काठमाडाैँ । युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ। युक्रेनी वायुसेनाले मङ्गलबार जनाएअनुसार केही क्षेप्यास्त्र तथा ड्रोन भने राजधानी किभमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ।
लगभग दुई सातायता पहिलो पटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सफल भएको दाबी गरेको हो। ब्यालिस्टिक क्षेप्यास्त्र ड्रोन वा क्रुज क्षेप्यास्त्रको तुलनामा अवरोध गर्न बढी कठिन मानिन्छन् ।
Read full story at source (ratopati.com)