चट्याङ लागेर एक युवकको मृत्यु, १५ वटा भेडा मरे
kendrabindu.com · Thu Jul 02 02:11:50 GMT 2026

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ स्थित पाटनमा भेडाको बथानमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ। साथै, दर्जनभन्दा बढी भेडाबाख्रा हताहती भएका छन्।
ओदी गाउँको छोटाखर्क क्षेत्रमा चट्याङ पर्दा १९ वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। उनी भेडा चराउन पाटन गएका थिए। प्रहरीका अनुसार १५ वटा भेडा मरेका छन्। रविन्द्रसँगै भेडा चराउन गएका बलबहादुर रोकाया र जगत रोकाया घाइते भएका छन्।
Read full story at source (kendrabindu.com)