मालवाहक सवारी भैँसे हुँदै नौबिसेबाट सञ्चालन गर्ने निर्णय
ratopati.com · Wed Sep 02 15:46:02 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गस्थित कृष्णभीरमा त्रिशुलीले सड्क कटान गरेपछि मुलुकको मुख्य लाइफलाइन पूर्ण अवरुद्ध भएको छ। बुधबार पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उपत्यकामा खाद्यान्न आपूर्ति सुचारु गर्न १२ चक्के मालवाहक सवारी मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने निर्णय गरेको छ।
भैँसेबाट पालुङ हुँदै नौबिसेबाट १२ चक्के ट्रक सञ्चालन गर्ने निर्णय गरिएको छलफलमा सहभागी मन्त्रालयका एक जना अधिकृतले जानकारी दिए। ती सवारी नौबिसेबाट पातलेबन हुँदै नागढुंगा आउन पाउँछन् ।
Read full story at source (ratopati.com)