युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
barnanmedia.com · Tue Jul 14 20:15:00 GMT 2026

युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । युक्रेनी वायुसेनाले मङ्गलबार जनाएअनुसार केही क्षेप्यास्त्र तथा ड्रोन भने राजधानी किभमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ ।
लगभग दुई सातायता पहिलो पटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सफल भएको दाबी गरेको हो । ब्यालिस्टिक क्षेप्यास्त्र ड्रोन वा क्रुज क्षेप्यास्त्रको तुलनामा अवरोध गर्न बढी कठिन मानिन्छन् ।
Read full story at source (barnanmedia.com)