‘खोला बौलायो भनेको घरै ढलपल भएर आयो’ (भिडियो रिपोर्ट)
ratopati.com · Wed Sep 02 15:52:38 GMT 2026

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसी क्षेत्रको बस्ती नै तहसनहस बनायो । आँखैअगाडि घर, होटल, हाइड्रोपावरदेखि आफ्ना आफन्तसम्म बाढीले बगाएपछि स्थानीयको जीवन एकाएक बदलिएको छ ।
बाढीबाट जोगिएकाहरू अहिले काठमाडौँको नागार्जुन नगरपालिका–२ मा रहेको घोसक गुम्बा अर्थात् येल्लो गुम्बामा आश्रय लिएर बसेका छन् । शरीर सुरक्षित भए पनि उनीहरूको मन भने आफ्नै गाउँमा छाडिएको घर, जमिन र आफन्तको सम्झनाले भारी बनेको छ । उनीहरूको एउटै भनाइ छ, ‘ज्यान त बच्यो, अब बस्ने छानो के होला ?’
Read full story at source (ratopati.com)