अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
nepalviews.com · Wed Jul 15 00:28:29 GMT 2026

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ ।
पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छाया पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ ।
Read full story at source (nepalviews.com)