आजदेखि १४.२ केजीको सिलिन्डर ग्यास बिक्री वितरण सुरु, कति पर्छ मूल्य ?
nepalviews.com · Wed Jul 15 00:35:55 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ। आज (बुधबार) देखि उपभोक्ताहरूले साविककै १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर ग्यास खरिद गर्न पाउने भएका छन्।
यसअघि आपूर्तिमा आएको असहजताका कारण अस्थायी रूपमा ७.१ केजीको सानो सिलिन्डर भर्ने व्यवस्था गरिएको थियो। अब भने निगमले उक्त व्यवस्था अन्त्य गर्दै देशभर १४.२ केजीकै सिलिन्डर वितरण गर्ने निर्णय गरेको छ। हाल यसको मूल्य प्रति सिलिन्डर दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।
Read full story at source (nepalviews.com)