बाढीका कारण रेलेखोला जलविद्युत् आयोजना बन्द
kendrabindu.com · Wed Jul 15 00:59:03 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध (इन्टेक) मा बाढी पसेर क्षति भएपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ। बाढीले बाँधमा क्षति गरेको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि बेहोर्नुपरेको छ।
Read full story at source (kendrabindu.com)