वायुसेवा निगमलाई ३ वर्षभित्र ऋणमुक्त गराउने नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठ दाबी
kendrabindu.com · Wed Jul 15 01:04:37 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त गराउने बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले निगमलाई आगामी ३ वर्षभित्र ऋणमुक्त गराउने घोषणा गरेका हुन्।
उनले भने, ‘निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजना छ, त्यसका लागि म पूर्ण रूपमा समर्पित हुनेछु।’
Read full story at source (kendrabindu.com)