पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
makalukhabar.com · Wed Jul 15 01:15:50 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल छन् ।
पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरूलाई नियुक्त गरिएको हो । बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो ।
Read full story at source (makalukhabar.com)