नक्कली भुटानी शरणार्थी प्रकरण : कस्लाई कति तोकियो सजाय र जरिवाना
kendrabindu.com · Wed Jul 15 01:30:19 GMT 2026

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान रचिएको अपराधमा अदालतले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई चार वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालत काठमाडौंले रायमाझीलाई ४० हजार र खाणलाई २० हजार रुपैयाँ जरिवाना हुने निर्णय पनि गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार रायमाझी र खाणसहित १६ जनाविरुद्ध सजाय निर्धारण गरेको हो। खड्काको इजलासले २३ असारमा उनीहरूलाई दोषी ठहर गरेको थियो। रायमाझी ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराधमा र खाण त्यही अपराधको मतियारमा दोषी ठहर भएबमोजिम सजाय कायम गरिएको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
Read full story at source (kendrabindu.com)
बेचन झा
छविलाल जोशी
काठमाडौँ