प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
ratopati.com · Wed Jul 15 02:09:52 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभा बैठक आज बिहान ११:०० बजे बस्दै छ। आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नेछिन्।
Read full story at source (ratopati.com)
